काठमाडौं । शनिबार साँझ फेरि थप ७ जनामा कोरोनाको भाइरस संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा आज मात्र ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसो ३६ जना र बिहान ३२ जनामा संक्रमण पुष्टि भएको थियो। साँझ फेरि ७ जनामा कोरोना संक्रमित थपिएका हुन्।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा थप ७ जनामा कोरोना पुष्टि भएको हो।
रुपन्देहीको गैडहवामा३, कपिलवस्तुका ३ र गुल्मी मदाने गाउँपालिकाका एक जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्र गिरीले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९१ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
