रुसमा लकडाउनको समय एक महिना थपियो

काठमाडौं । रुस सरकारले पनि लकडाउनको अवधि एक महिना बढाएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले लकडाउनको अवधि ३० अप्रिलसम्म बढाएका हुन् ।

अत्यावश्यक सेवाका कर्मचारीहरुलाई विदा नदिए पनि अन्यलाई भने घरमै बस्न र घरमै बस्ने कर्मचारीहरुलाई सरकारले तलब भने दिने ब्यबस्था गरिने जनाईएको छ । राष्ट्रपति पुटिनले कोरोना भाइरसको महामारीको अवस्था रुसका हरेक राज्यमा अलग अलग रहेको, तर राजधानी मस्कोको अवस्था अन्यको तुलनामा गम्भीर रहेको बताएका छन् ।

Advertisement

पछिल्लो विवरणअनुसार रुसमा कोरोना संक्रमितको संख्या २४ घण्टामै ७ सय ७७ ले बढेर ३ हजार ५ सय ४८ पुगेको बीबीसीले जनाएको छ । मृतकको संख्या पनि ६ जनाले बढेर ३० पुगेको छ ।

More News last news
Loading...