नेताको गोजीबाट नेबिसंघ छान्दा बिद्यार्थीलाई न्याय भएन : त्रिपाठी

काठमाडौं । नेपाल बिद्यार्थी संघ नेपाली काँग्रेसको शशक्त भातृ संस्था हो । प्रायः तोकिएको समयमा नयाँ नेतृत्व चयन गर्न नसक्दा नेबिसंघ लथालिङ बन्दै आईरहेको छ ।

लामो समयको रस्साकस्सी पछि नेताहरुको भागवण्डामा नेबिसंघले नयाँ नेतृत्व त पायो तर अब प्रश्न उब्जिएको छ, के यो कार्यसमितिले ६ महिनाभित्र महाधिवेशन गर्ला त ? नेबिसंघमा रहेका अराजकतालाई निश्तेज बनाउँला त ? नेबिसंघले माउ पार्टी काँग्रेसलाई कसरी सहयोग गर्ला ? माउ पार्टी काँग्रेसको अवस्था कसरी सुर्धेला ?

Advertisement

यी र यस्तै बिषयका बारेमा नेबिसंघका निवर्तमान महामन्त्री आनन्दराज त्रिपाठीसँग नयाँपुस्ता डटकमले कुराकानी गरेको छ । त्रिपाठीले लामो सयम नेपाल बिद्यार्थी संघका बिभिन्न तह र तप्कामा रहेर काम गरिसकेका छन् । काँग्रेसका धेरै नेताहरुको थलो तनहुँ जिल्लाका महासमिति सदस्य समेत रहेका त्रिपाठीसँग गरिएको कुराकानीको सम्पादित अंश :

नेबिसंघले नयाँ नेतृत्व पायो तपाईंलाई कस्तो लागिराछ ?

नेबिसंघले एक बर्ष पछाडी नयाँ नेतृत्व पायो । नैनसिंह महरजीले राजीनामा दिदाँ बित्तिकै नयाँ कार्यसमिति आउनुपर्ने थियो तर ढिला आयो । माउ पार्टीका नेताहरुले विधि र बिधानको कुरा जुन ढंगले गर्नुहुन्थ्यो तर त्यो भन्दा फरक ढंगले आयो । त्यसमा संगठनका मर्म र भाव बिर्सिएको हो कि जस्तो हो कि भन्ने लाग्छ ।

नेबिसंघको नयाँ नेतृत्वलाई त बाउ नेबिसंघ भनिन्छ नी ?

पहिलाका नेबिसंघका नेतृत्वहरु हेर्ने हो भने बास्तवमा अहिलेको नेतृत्व अलिकति अनौठो जस्तै लाग्छ । बिधि, विधान एकातीर बाधियो बिधिभन्दा बाहिरबाट नेतृत्व आएको देखियो । सामाजिक सञ्जालमा हेर्दा पनि अलिकति अशोभनिय तरिकाको भनेर चर्चा समेत भएको छ ।

यो कार्यसमितिले तोकिएको समयमा महाधिवेशन गर्ला त ?

तोकिएको समयमा अधिवेशन गर्नुपर्छ त्यसको कुनै बिकल्प छैन् । अहिले राजीब जी को नेतृत्वमा जो साथीहरु आउनुभाछ उहाँहरुलाई पार्टीले नै स्पष्ट ६ महिनाभित्र नेबिसंघको १२ औं महाधिवेशन गराउने भनेको छ । त्यसैले यो समितिले आफ्ना गतिविधिहरु अगाडी बढाउनुपर्छ । नेबिसंघमा दुख गरेका धेरैलाई अन्याय भएको छ ।

बास्तवमा प्रजातान्त्रिक संस्कार अनुसार सबै जना सहभागी भएर कार्यसमिति आएको भए राम्रो हुन्थ्यो । यद्यपी, अब यो कार्यसमितिको परिक्षण गर्ने समय पनि आएको छ । यो कार्यसमितिले ६ महिनाभित्र अधिवेशन गराउन सक्छ कि सक्दैन् ? आशा गरौं तोकेको समयमा अधिवेशन गर्नुपर्छ, जुनसुकै हालतमा हुनुपर्छ, अधिवेशन गराउन कार्यसमिति तत्पर रहोस् हामी बाहिर रहेका साथीहरु पनि खुला हृदयले सहयोग गर्न तयार छौं । 

अहिलेको कार्यसमितिप्रति असन्तुष्टी जस्तो देखिनुभो ? आफू नसमेटिएको भएर त होईन् नी ?

होईन, म समेटिने र नसमेटिने कुरा भएन् । म निवर्तमान महामन्त्री भैसकेको कारणले म आउनै पर्छ भन्ने होईन् तर धेरै संघमा काम गरेका, दुख र योगदान गरेका, जिल्ला जिल्लामा खटेका साथीहरु चाहि जुन ढंगले मूल्याङकन गरेर ल्याउनुपर्ने थियो । कुन जिल्लाले कति काम गर्‍यो, कुन ब्यक्तिले कति योगदान गर्‍यो भन्ने नहेरी नेतासँग जो नजिक छ त्यस्तो किसिमका ब्यक्तिहरु अटाउने भएपछि बाहिर योग्य, इमान्दार काम गर्ने साथीहरु छुटे भने बास्तवमा संगठनलाई न्याय दिएको हुँदैन् । कम्तीमा नेतृत्व तहमा बस्नेहरुले अब आउने बाँकी समितिमा काम गरेका र योग्य साथीहरुलाई समेट्नुपर्छ भन्ने मेरो सुझाव हो ।

तपाईं दोहोरिन चाहनुभयन् कि कुनै नेताले पत्याएनन् ?

बास्तवमा, मेरो त इच्छा पनि थिएन् । अध्यक्षको लागि मेरो वातावरण थिएन् एउटै पदमा दोहिरिराख्नु भन्दा बाहिर बसेर अन्य साथीहरुलाई सहयोग गरुम भन्ने मेरो बिचार हो । मेरो एउटै चाहाना के छ भने धेरै लामो समयसम्म अधिवेशन नभएपछि बाहिर रहेका साथीहरु पनि ‘फसटेसन’ आएको छ ।

तर अधिवेशन सबैभन्दा महत्वपूर्ण कुरा भएकोले हामी आउने, नआउने, को आउने भन्ने कुरा फरक कुरा हो । संगठनलाई निरन्तर प्रजातान्त्रिक हिसाबले लैजान सक्यौं भने संगठनमा सबै जना आउन चाहान्छन् । म आउनु नआउनुसँग ठुलो कुरा होइन् समितिमा साथीहरु आउनुभाछ उहाँहरुले कम्तीमा आफ्नो योग्यता र क्षमता देखाएर समयमै महाधिवेशन गर्नुपर्छ ।

यसअघिको नेबिसघको कार्य समितिलाई अयोग्य भनेर फालियो । तर फेरि अहिले केहिलाई दोहोराईयो । त्यसरी त फेरि यो कार्यसमिति पनि अयोग्य नै भयन र ?

केहि साथीभाइहरु दोहोरिनुभएको छ । उहाँहरु दोहोरिने, नदोहोरिने उहाँहरुको आफ्नो कुरा हो । बास्तवमा म रहेको कार्यसमिति अयोग्य भन्न मिल्दैन् । हामीले निरन्तर रुपमा संगठनलाई गति दिन हामीले महाधिवेशनको कार्यतालिका अनुसार २५ जिल्लामा त अधिवेशन समेत सम्पन्न भईसकेको थियो र बाँकी केहि जिल्लामा अधिवेशन हुने तयारीमा थियो ।

पार्टीको महासमितिको बैठक भएकोले कारणले जिल्लामा अधिवेशन गर्न केहि समस्या भएको थियो । समयमा अधिवेशन गर्ने इच्छा, चाहाना हुँदा हुँदै पनि तोकेको समयभित्र अधिवेशन हुन सकेन् । केहि समय पछि थप गरेको भए सबै जिल्लाको अधिवेशन सम्पन्न भएर अहिले नयाँ कार्यसमिति पनि आइसक्ने थियो । यद्यपी त्यो अवसरबाट हामीलाई बञ्चित गरियो । त्यतिबेला म्याद नथपेपछि हामीले नैतिकताका आधारमा राजीनामा दिन बाध्य भयौं । हामीले अधिवेशन गर्न सक्षम र तयार पनि थियौं । अधिवेशन गर्न नसकेर छाडेको होईन् ।

स्ववियू चुनाबबारे नेबिसंघले कस्तो धारणा बनाउनु उपयुक्त होला ?

२०३६ सालको एउटा ठूलो त्याग र तपश्याबाट स्थापना भएको संगठन स्वतन्त्र बिद्यार्थी युनियन हो । यसले बिशेषगरी बिद्यार्थीका वर्गीय हितमा धेरै ठुलो लगानी गरेको छ । यो संस्था निरन्तर रुपमा चुनाव हुने र नयाँ नेतृत्व दिने कामले राजनीतिमा राम्रो प्रभाव पारेको थियो । म आफै पनि स्वंयम स्ववियूका बिभिन्न तह र तप्कामा बसेर काम गरिसकेको हु । सयममै निर्वाचन हुँदा विद्यार्थीमा निकै उत्साह र हौसला थियो । आज तपाई हेर्नुुहुन्छ भने हिजो स्ववियूबाट नै उत्पादन भएका धेरै नेतागणहरु केन्द्रिय समितिमा हुनुहुन्छ । यो उत्पादन गर्नलाई पनि अहिलेको स्ववियू चुनाव पक्कै पनि जरुरी छ ।

लामो समय चुनाव नभएर बीचबीचमा नेतृत्वबाट बिद्यार्थी साथीहरु बञ्चित हुनुभएको छ । कम्तीमा कलेजलाई हाक्न सक्ने योग्य, क्षमतावान ब्यक्ति र संगठनबीच प्रतिस्पर्धा हुन्छ त्यसले एउटा भोली मुलुक र देशका लागि एउटा बिचार, भिजन दिने नेतृत्व त्यहीबाट छानिने हुँदा अहिले स्ववियू निर्वाचनको कुरा चलिरहेको छ । अहिलेका नेबिसंघका पदाधिकारी साथीहरुले पनि नेपाल बिधार्थी संघ स्वतन्त्र बिद्यार्थी युनियनको चुनाबमा होमिन्छ भन्नुभा छ ।

त्यो राम्रो कुरा पनि हो स्वागत पछि छ । हामी केन्द्रिय समिति बाहिर बसेका साथीहरु पनि कसरी आफ्नो संगठनलाई जिताउने भन्ने बिषयमा साथ र सहयोग गर्न तयार छौं । त्रिभुवन विश्वविद्यालयले पनि तालिका मात्र प्रकाशन होइन् निर्वाचन सम्पन्न गर्नका लागि अझै वढी तदरुकता देखाउनु जरुरी छ ।

नेकपाका २ भातृ संगठनहरुको एकता भईसक्यो ? काँग्रेस भित्रभित्रै लथालिङ छ यस्तो अवस्थामा नेबिसंघले कस्तो परिणाम ल्याउँला ?

ठूलो र सानो भन्दा पनि बिचारको कुरा हुन्छ । नेपाल बिद्यार्थी संघले २०३६ सालको आन्दोलनपछि जुन भूमिका निर्वाह गर्‍यो त्यो निर्वाहका कारणले स्थापना भएको स्वतन्त्र बिद्यार्थी युनियनलाई निरन्तरता बास्तवमा नेबिसंघले दिएको हो । अहिले कुन संगठन कता मिले भन्दा पनि एउटा पद्धती कुरा हो । चुनाव हार्ने र जित्ने भन्दा पद्धतीको बिकास गर्ने कुरा महत्वपूर्ण हो । हामी लोकतान्त्रिक अभ्यासमा छौं । यस्ता चुनाव हामीले धेरै पटक फेस गरिसक्यौं । कहिले कसले जित्ला, कहिले कसले तर यसको निरन्तरता भनेको लोकतन्त्रको जरा बलियो बनाउनु हो । अहिलेको २१ औं शताब्दीमा बिद्याथीहरु धेरै चनाखो छन्, बुझेका छन्, जानेका छन् त्यसैले आउँदो चुनाबमा बिद्यार्थीले संगठनका एजेण्डा बुझेर मात्र भोट गर्छन् ।

नेबिसंघले बिधार्थीका समस्या भन्दा पनि खाली गुण्डागर्दी र चन्ता आँतक गर्‍यो भन्छन् नी ?

यो नेपाल बिद्यार्थी संघभित्र लाग्ने आरोप मात्र हो वास्तवमा । को कस्ता छन् भन्नेतीर म ब्यक्तिगत रुपमा टिकाटिप्णी गर्न लागिन् । संगठनभित्र त्यस्ता अराजकताहरु रोक्नुपर्छ । संगठनको बिधि, बिधानभित्र हामी सबैजना बस्नुपर्छ । यदि त्यस्ता गतिविधि हुन्छन् भने संगठनले समयमै निर्मुल बनाउनुपर्छ । हरेक मान्छे अनुशासनको दायरामा बस्नुपर्छ यदि कोही बसेन भने कारवाहीको दायरामा ल्याउनुपर्छ ।

राष्ट्रिय सभामा काँग्रेस रक्षात्मक अवस्थामा पुगिसक्यो । प्रतिनिधि सभामा पनि प्रतिपक्ष कमजोर देखियको छ । यहि पाराले काँग्रेस कति दिन टिक्ला ?

हेर्नुहोस्, यो समयअनुसार हुने कुरा हो । अहिले नेपाली काँग्रेस निश्चय पनि प्रतिपक्षी दलको हैसियतमा छ । हामीले सबै स्थानीय, प्रदेश र संघमा राम्रो परिणाम नआएपछि कमजोर बन्नु स्वभाविक हो तर साख गिरेको छ भन्ने होइन् । प्रतिपक्षमा भएको काँग्रेसले आफ्नो शक्तिलाई फेरी एकीकृत गरेर, सबैलाई एकसुत्रमा बाधेर, सबै भातृ संस्थालाई मिलाएर अगाडी बढ्यो भने अर्को ५ बर्षपछि भरिएर आउँछ भन्ने मलाई विश्वास छ ।

बरिष्ठ नेता पौडेल र तपाईंको गृह जिल्ला तनहुँमा सधै पौडेल, जोशी र देउवा समूहबीच भिडन्त भइरहन्छ । तपाईं र तपाईंको पुस्ताले त्यसको समाधानको उपाय खोज्ला त ?

तनहुँ जिल्ला २०१५ सालदेखि काँग्रेसका पुराना नेताहरुले संगठन निर्माण गर्नुभएको हो । त्यही संगठनका आधारमा अग्रज र हाम्रो पुस्ताले पनि लगानी गरिरहेको छ । यद्यपी, पार्टीभित्र देखिएको अनुशासनहीन गतिबिधि देखियो त्यसको असर तनहुँ जिल्लामा पनि परेको हो । यो अनुशानहिन गतिविधि प्रति नेपाली काँग्रेस पार्टीले समयमै बिचार पुर्‍याउन र गम्भीर हुन जरुरी छ ।

तनहुँमा त्यस्तो बिग्रेको संगठन नभएपनि हामी भित्रै अलिकति बेमेल र मिलाउन नसक्नुको परिणाम हो । मलाई लाग्छ, हामी र हाम्रो पुस्ताले सबै अग्रजलाई सम्मान गर्दै यो पार्टी भनेको निरन्तर रुपमा बग्ने गंगा सागर हो । यो पार्टीलाई हामी जस्ता पुस्ताले पनि अब बेलैमा सचेत बनेर नयाँ ढंगले जानुपर्छ भन्ने हो । हामी अग्रजहरुलाई पनि भन्न चाहान्छौं, पार्टीभित्र देखिएका बेमेल र असहमति मिलाउँदै गयौं भने तनहुँमा मात्र होईने देशभरि नै काँग्रेसले नयाँ जीवन प्राप्त गर्दछ ।

More News last news
Loading...