काठमाडौं । १३ औं साग अन्तर्गत पुरुष फुुटबलमा नेपालले बिजयी सुरुवात गरेको छ ।
घरेलु मैदान दशरथ रंगशालामा सम्पन्न खेलमा भुटानलाई ४–० गोल अन्तरले हराएको हो ।
नेपालका लागि कप्तान सुजल श्रेष्ठले खेलको चौथो मिनेटमै अग्रता दिलाए ।
दोस्रो हाफको ५२ मिनेटमा पनि श्रेष्ठले नै अर्को गोल थपे । दोस्रो हाफमा ६५ मिनेटमा अभिषेक रिजालले नेपालका लागि तेस्रो गोलगर्दै नेपाललाई जित नजिक पुर्याए ।
खेलको ७६ मिनेटमा मिक्चेन तामाङले फ्रि किकमार्फत अर्को गोल गर्दै नेपालको जित सुनिश्चित गराए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
