पोखरामा प्रचण्ड सहभागी चुनावी सभा नजिकै विस्फोट

कास्की । पोखरामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को चुनावी सभा नजिकै विस्फोट भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ९ मा रहेको प्रदशर्नी केन्द्रनजिकै शंकास्पद बस्तु विस्फोट भएको कास्की प्रहरीले जानकारी दिनुभयो । विस्फोट भएको बस्तु बम नै भएको भने पुष्टि नभएको प्रहरीले बताएको छ । विस्फोटबाट मानवीय क्षति भने भएको छैन ।

Advertisement

विस्फोटबाट पार्किङ गरिराखेको ग १ ख ८८९१ नम्बरको नगर बसमा क्षति पुगेको छ । घटनास्थलमा प्रहरीले निरीक्षण गरिराखेको छ । विस्फोट कसले गराएको हो भन्ने खुलेको छैन ।

चुनावी सभामा नेकपाका संसदीय दलका नेता सुवास नेम्वाङले सम्बोधन गरिरहँदा विस्फोट भएको हो । सभालाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा सचिवालय सदस्य वामदेव गौतमले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

More News last news
Loading...