काठमाडौँ । पछिल्लो समय भारत र चीनले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा राजधानीको बालाजु क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको छ । सो क्रममा प्रहरीले नेविसंघका २१ नेता कार्यकर्तालाई पक्राउ समेत गरेको छ

भारत र चीनले नेपाली भूमि कब्जा गरेको र सो भूमि तत्काल फिर्ता लिन माग गर्दै नेविसंघका निवर्तमान केन्द्रिय सदस्य शुशिल भट्टको नेतृत्वमा बालाजु–बाइपासबाट निकालिएको राँके जुलुस माछापोखरीमा पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

नेताहरु निरञ्जन थापा, ईश्वर अधिकारी, सुवास घिमिरे, शौरभ घिमिरे,विजय ढुंगाना, सुल्तान मियाँ, किरण भट्टराई, सन्तोष गुरुङ, पवन थापा, प्रदीपजंग शाह, राजन बुर्लाकोटी, मनोज राना, प्रशान्त लामिछाने, महेश्वर पौडेल, जगदिश थापा, ईश्वर थापा, धुर्व अधिकारी, सन्तोष खलाल, भिम अधिकारी,रस गुरुङ, भानुभक्त उपाध्याय, अशोक क्षेत्री महानगरीय प्रहरी बुर्त बालाजुमा थुनामा राखेको छ।






![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
