काठमाडौ । रौतहटको राजपुर बम विस्फोट प्रकरणका मुख्य अभियुक्त मोहम्मद आफ्ताब आलमलाई नख्खु कारागार ल्याइएको छ ।
जिल्ला अदालत रौतहटले शुक्रबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि केही घण्टा जिल्ला कारागार रौतहटमा राखे पनि सुरक्षाका कारण आलमलाई शनिबार बिहान ४ बजे ललितपुरको नख्खु कारागार ल्याइपुर्याइएको नेपाल प्रहरीले जनाएको छ ।
अदालतको आदेशमा सुरक्षाका हिसावले आलमलाई रौतहटमा राख्न उपयुक्त नहुने भन्दै अरु कारागारमा स्थानान्तरण गर्न सक्ने आदेश पनि दिएको थियो । फैसलापछि रौतहटमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
