पूर्व सभामुख महराले लिने भए यस्तो बाटो, के गर्ला उच्च अदालतले ?

काठमाडौं । पूर्वसभामूख कृष्णबहादुर महरा अदालको आदेशको विरुद्धमा उच्च अदालत जाने भएका छन्। संसद सचिवालयकी कर्मचारी बलात्कार आरोप लागेका पूर्वसभामूख महरा अदालको आदेशको विरुद्धमा उच्च अदालत जाने भएका हुन्।

प्रहरीले जुटाएको प्रमाणको आधारमा महरालाई अदालतले थुनामा राख्न आदेश दिएको थियो। जिल्ला अदालत काठमाडौंले सोमबार उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको हो।

Advertisement

महराका वकिल मुरारी सापकोटाका अनुसार अदालको आदेश खारेज गर्नुपर्ने माग गर्दै महराले उच्च अदालत पाटनमा निवेदन दिने भएका हुन्। जिल्लाको आदेशविरूद्ध उच्च अदालत जानुपर्ने बाध्यता भएको उनको भनाइ छ। उच्च अदालत जानको लागि निवेदनको तयारी थालेको सापकोटाको भनाइ छ।

More News last news
Loading...