भाइटीकाको भोलिपल्ट पनि सार्वजनिक बिदा

काठमाडौं । सरकारले नेवार समुदायको भाइटीका (किजा पूजा) को दिन कात्तिक १३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

नेवार समुदायको आग्रहमा गृह मन्त्रालयले बिहीबार भाइटीकाको भोलिपल्ट सार्वजनिक बिदा दिने निर्णय गरेको हो। गृहसचिव प्रेमकुमार राईका अनुसार कात्तिक १३ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको छ। ‘नेवार समुदायले किजा पूजाको दिन भाइटीका मनाउने भएकाले त्यसदिन बिदा दिन अनुरोध आइरहेकोमा निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

Advertisement

तिथिअनुसार कात्तिक १२ गते भाइटिका छ। पञ्चांग निर्णायक समितिको सिफारिसमा सरकारले कात्तिक १०, ११ र १२ गते मात्र बिदा दिने निर्णय गरेको थियो। संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश नम्बर ३ का सांसद डा अजयक्रान्ति शाक्य, राजेश शाक्यलगायतको टोलीले केही दिनअघि प्रधानमन्त्री केपी ओलीलाई उक्त दिन पनि बिदा दिन आग्रह गरेका थिए।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले बिदा दिने निर्णय गरेको थियो।

 

 

More News last news
Loading...