स्याङ्जामा क्षेत्रीय सम्मेलनको तयारी भब्य, महामन्त्री थापाले सम्बोधन गर्ने

स्याङ्जा । नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं १ को दोस्रो क्षेत्रीय सम्मेलन जेठ ३ गते शनिवार हुने भएको छ ।

कार्यक्रमलाई भब्य र सभ्य बनाउनका लागि भोली (शनिवार) हुने सम्मेलनको सम्पूर्ण तयारी पुरा भईसकेको क्षेत्रीय सभापति तुलसीराम रेग्मीले नयाँपुस्तालाई बताए । सम्मेलनमा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्न नेपाली कांग्रेसका संघीय सांसद एवं महामन्त्री नेता गगन कुमार थापा स्याङ्जा आउँदै छन् भने बिशिष्ट अतिथिको रुपमा संघीय सांसद एवं नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापा समेत सहभागी हुने छन् ।

Advertisement

नेपाली कांग्रेसको क्षेत्रीय सम्मेलन सफल र प्रभावकारी बनाउन सबै तहका कार्यसमिति र नेताहरूसँग आपसी छलफल र अन्तरक्रिया समेत सम्पन्न भईसकेको सभापति रेग्मीले बताए । कार्यक्रम स्याङ्जा पुतलीबजार नगरपालिकाको सिटी हलमा बिहान ११ बजे देखि शुरु हुने छ ।

कार्यक्रम सफल बनाउन सामाजिक सञ्जालमा पार्टी भित्रका पालिका प्रमुख, उपप्रमुख पदाधिकारी क्षेत्रिय प्रतिनिधि, भातृ संस्थाका पदाधिकारी लगायत शुभचिन्तकहरुले भिडियो मार्फत प्रचार प्रसारलाई ब्यापकता बनाईएको छ ।

क्षेत्रीय सम्मेलनमा सहभागी हुन स्याङ्जा पुग्ने क्रममा थापाले स्याङ्जाकै अर्जुनचौपारी गाउँपालिकामा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरको दर्शन समेत गर्ने जनाईएको छ ।

कांग्रेस क्षेत्र नं १ को सम्मेलनमा सहभागी हुन महामन्त्री थापा स्याङ्जा आउने

More News last news
Loading...