काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर भट्टराई राजीनामा बुझाएको उनका प्रेस संयोजक रामजी लम्सालले जानकारी दिए।
‘शिक्षामन्त्रीले प्रधानमन्त्रीसमक्ष आज राजीनामा दिनुभएको हो’, उनले भने, ‘के कारणले राजीनामा दिनुभएको हो भन्ने जानकारी छैन।’
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षक आन्दोलनको २०औँ दिन भयो। यही बीचमा शिक्षा मन्त्रीले राजीनामा दिएकी छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
