काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–५ स्थित इस्टपोल माविले ३०औँ स्थापना दिवस मनाएको छ । विद्यालयले स्थापना दिवसको अवसर पारेर पत्रकारिता र खेल क्षेत्र मार्फत समाजमा योगदान पुर्याएका दुइ पत्रकार र विभिन्न विद्याका आठ प्रशिक्षकहरूलाई सम्मान गरेको छ ।
पत्रकारितातर्फ प्रारम्भ खबरका सम्पादक तथा आदिवासी जनजाति पत्रकार महासंघ काठमाडौँका अध्यक्ष भीम बहादुर लामा र ग्लोबल स्पोर्ट्स मिडियाका पत्रकार विशाल पन्थ सम्मानित भएका छन् ।
त्यस्तै, खेल क्षेत्रबाट विद्यालय खेलकुद इन्चार्ज सुदर्शन घिमिरे, कराँते प्रशिक्षक पुरुषोत्तम पोखरेल, तेक्वान्दोका सोभितमान गिरी, उसुका प्रशिक्षक विशाल सिन्जाली मगर, बास्केटबलका प्रशिक्षक राजेन्द्र लम्साल, भलिबलका प्रशिक्षक ठूलोभाइ श्रेष्ठ, मदन भण्डारी स्कुलका कराँते प्रशिक्षक सन्दीप बञ्जरालगायत
सम्मानित भएका हुन् ।
सम्मानित व्यक्तिहरूलाई गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक कुमार रिसाल र विद्यालयका अध्यक्ष ईश्वर सापकोटा, डाइरेक्टर कुशल थापालगायतले सम्मानपत्र प्रदान गरेका थिए।
इस्टपोल माविले विद्यार्थीलाई पढाईसंगै अतिरिक्त क्रियाकलापमा पनि सक्रिय रुपमा समावेश गराउँदै आएको छ । शिक्षा, खेलकुद, नृत्य लगायत विभिन्न विद्यामा विद्यार्थीलाई प्रशिक्षण गराउँदै नगर, प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागी गराउँदै आएको छ । सामाजिक उत्तरदायित्व बहन गर्दै समाजमा योगदान पुर्याउने पत्रकार र खेलाडी प्रशिक्षकलाई सम्मान गरिएको विद्यालयका प्रमुख राजेश राईले बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
