चन्द्रागिरी-२ का वडाध्यक्ष भ्रष्टाचारी ठहर, ६ महिना कैद सजाय

काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ का वडा अध्यक्ष भाइकृष्ण तामाङ भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतले तामाङलाई घुस मुद्दामा दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले अध्यक्ष तामाङलाई दोषी ठहर गर्दै ६ महिना कैद र चार लाख रुपैयाँ जरिवाना सजाय सुनाएको हो।

सो मुद्दामा जोडिएको विचौलिया ध्रुबबहादुर कडायतलाई पनि अदालतले दोषी ठहर गर्दै ६ महिना कैद र चार लाख रुपैयाँ जरिवाना गरेको छ। कडायतले घुसको तारतम्य मिलाएका थिए।

Advertisement

वडा अध्यक्ष तामाङले ललितपुर उपमहानगरपालिका–२२ बाट उद्योग चन्द्रागिरीमा सार्ने प्रयोजनका लागि व्यवसायी उर्मिला पाण्डेयसहितको टिमसँग उनले घुस लिएका थिए।

More News last news
Loading...