काठमाडाैं | नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्स ८ विकेटले विजयी भएको छ । विराटनगर किंग्सले दिएको १२८ रनको लक्ष्य पच्छ्याउने क्रममा बोल्ट्सले १५.३ ओभरमा जीत हात पारेको हो । २७ बल बाँकी छँदै बोल्ट्सले सहज जीत निकाल्न सक्यो।
बोल्ट्सका लागि लाहिरु मिलान्थाले सर्वाधिक ७५ अविजित रन बनाएका थिए । बोल्ट्सका लागि लाहिरु मिलान्थाले सर्वाधिक ७५ अविजित रन बनाए । उनले ९ चौका तथा ३ छक्काको मद्दतले ५३ बलमा ७५ रन बनाएर अविजित रहे । त्यसैगरी हर्ष ठाकेर पनि ३३ बलमा २ चौकाको मद्दतले २९ रन बनाएर अविजित रहे । उनीहरूले ११६ रनको साझेदारी गरे ।
यसअघि बोल्ट्सका ओपनरद्वय कप्तान अनिलकुमार साह र आशिफ शेख सस्तैमै पवेलियन फर्किएका थिए । पहिलो ओभरको चौथो बलमै आसिफ शेख खाता नै नखोली आउट भएका थिए । विराटनगर किंग्सका तीव्र गतिका बलर क्रिस सोलको बलमा उनी बोल्ड आउट भएका थिए ।
कप्तान अनिल साह पनि ४ बलमा ५ रन बनाएर आउट भएका थिए । प्रतिष जिसीको बलमा उनी आउट भएका थिए । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा विराटनगरले जनकपुरलाई जीतका लागि १२८ रनको लक्ष्य दिएको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रनमा समेटियो । विराटनगरका लागि न्युजिल्यान्डका ब्याटर मार्टिन गप्टिलले अर्धशतक प्रहार गर्दै सर्वाधिक ५५ रन बनाए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
