नक्कली यौनवर्धक औषधी उत्पादन गरेको आरोपमा ३ जना पक्राउ

काठमाडौँ । यौन क्षमता बढाउँछ भन्दै नक्कली यौनजन्य औषधी उत्पादन र बिक्री गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–२ घर भएर काठमाडौँ बस्ने ३४ वर्षीय सुजन गौतम, काभ्रेको नमोबेद्ध घर भएर भक्तपुर बस्ने २७ वर्षीय सुजन खड्का र ओखलढुंगाको सिद्धिचरण नगरपालिका–७ घर भर बुढानीलकण्ठ बस्ने डिल्ली प्रसाद घिमिरे छन् ।

Advertisement

प्रहरीका अनुसार, उनीहरुले ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुस्थित वायो फुड्स नेपाल प्रालिको नाममा कारखाना सञ्चालन गरेको भेटिएको छ ।

सो औषधी सेवन गरेमा आधाघण्टासम्म यौनकार्य गर्न सकिन्छ भनेर उनीहरुले सामाजिक सञ्जालमा विज्ञापन समेत गरेका थिए । ल्याबमा परीक्षण गर्दा सो औषधीमा अखाद्य बस्तुको मिश्रण भेटिएको एसपी बोगटीले जानकारी दिए ।

More News last news
Loading...