काठमाडाैं | हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। आज देशभर ठूलो पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर, केही ठाउँमा हल्का वर्षाको सम्भावना भने छ। आज दिउँसो देशका पहाडी भेगका थोरै स्थान तथा बाँकी क्षेत्रका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति कोशी र गण्डकी प्रदेशका थोरै स्थान र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
भोलि मंगलबार पनि कोशी, बागमती र गण्डकीका पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
