काठमाडौँ । सोमबार बेलुकादेखि अवरुद्ध काठमाडौँ–मुग्लिङ सडक खण्ड गएरातिदेखि खुलेको छ । लेदोसहितको पहिरो खस्दा झण्डै ७ घण्टा अवरुद्ध सडक गएरातिदेखि खुलेको प्रहरीले जनाएको छ।
धादिङको धुनिबेसी नगरपालिका–९ सुरुङमार्ग नजिक सडकमाथिबाट लेदोसहितको पहिरो खसेको थियो । सडक अवरुद्घ हुँदा सयौँ गाडी र यात्रु रोकिएका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
