पत्रकार महासङ्घका अध्यक्ष पोख्रेलद्वारा राजीनामा

काठमाडौँ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले पदबाट राजीनामा दिएका छन् । पोख्रेलले वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा बुझाएको महासङ्घले जनाएको छ । दुई पटकसम्म मिति तोकिए पनि महासङ्घको चुनाव हुन सकेको छैन ।

तेस्रो पटक आउँदो असोज ५ गतेको मिति तोकिएको छ । पुनः कार्यतालिका ल्याउन नसक्नु, सदस्यता विवादका लागि बसेको बैठकबाट केही पदाधिकारी बाहिरिनु, केही पदाधिकारीले उपस्थितिमा हस्ताक्षर नगर्नु लगायतका कारण चुनाव गर्न नसकेको पोख्रेलले बताएका छन् । सदस्यताको सूचीप्रति एकपक्षले देखाएको व्यवहारप्रति खिन्न भएको पोख्रेलले बताएका छन् ।

Advertisement

More News last news
Loading...