पूर्वप्रेमीले आगो लगाएपछि युगान्डाकी ओलम्पिक धावकको ज्यान गयो

काठमाण्डाै । युगान्डाकी ओलम्पिक धावक रेबेका चेप्टेगीको पूर्वप्रेमीले पेट्रोल छर्केर आगो लगाएको केही दिनपछि ज्यान गएको छ ।

भर्खरै भएको पेरिस ओलम्पिकमा भाग लिएकी ३३ वर्षीया धावक चेप्टेगीलाई पूर्वप्रेमीले गएको आइतवार पेट्रोल छर्किएर आगो लगाएका बीबीसीले जनाएको छ । आगलागीबाट उनको ८० प्रतिशत शरीर जलेको थियो । उनले प्रशिक्षण लिने उत्तर–पश्चिम केन्याका अधिकारीहरूले उनी दुई छोरीसहित चर्चबाट घर फर्किएपछि आक्रमण भएको खबरमा उल्लेख छ ।

Advertisement

ओलम्पिक धावक चेप्टेगी र उनका पूर्वप्रेमीबीच जमिनको विवादलाई लिएर झगडा भएको बताइएको छ । प्रहरीले यसबारेमा अनुसन्धान भइरहेको बताएको छ ।

केन्यामा महिला धावकमाथि हिंसाका घटनाहरू बढ्दो छ । सन् २०२१ अक्टोबरयता मारिने चेप्टेगी तेस्रो व्यक्ति हुन् ।

More News last news
Loading...