चितवन । नारायणगढ- मुग्लिङ सडकखण्डको सिमलतालमा २ वटा गाडी एक आपसमा ठोक्किएका छन्।
भारतको अरुनान्चल प्रदेशको यात्रु बोकेको एआर ०१ टी ६३७२ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ग २ ख ११०८ नम्बरको ट्रक एक आपसमा ठोक्किएका हुन् ।
उक्त दुर्घटनामा परी बसमा सवार केही यात्रु घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
