काठमाडौँ । काठमाडौँको नागार्जुन स्थित ज्योति एकेडेमी स्कुलमा ग्रीन आर्मी नेपाल ज्योति एकेडेमी अध्यायको कर्तव्य हस्तानतरण कार्यक्रम सम्पन्न भएको छ । गत बुधबार काठमाडौँको नागार्जुन नगरपालिका सीतापाइलामा रहेको ज्योति एकेडेमी स्कुलका प्रिन्सिपल गोबिन्द पंगेनीको अध्यक्षता तथा नागार्जुन नगरपालिकाका उपप्रमुख शुशीला अधिकारीको प्रमूख आतिथ्यतामा ग्रिन आर्मी नेपाल ज्योति एकेडेमी अध्यायको कर्तव्य हस्तानतरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ग्रीन आर्मी नेपालका प्रमुख सबिन शर्माको विशेष आतिथ्यता रहेको थियो ।

सो कार्यक्रममा प्रमुख अतिथि तथा नागार्जुन नगरपालिकाका उपप्रमुख अधिकारीले ग्रिन आर्मी नेपाल ज्योति एकेडेमी अध्यायमा तालिम लिइरहेका विद्यार्थीहरुलाई उनीहरुले तालिमबाट प्राप्त ज्ञानलाई आफ्नो घर परिवार र समाजको सकारात्मक परिवर्तनका लागि समर्पण र अग्रसर हुन आव्हान गरे।

अभिभावकहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा सहभागी प्रशिक्षार्थी विद्यार्थीहरुले विभिन्न कला कौशल प्रस्तुत गरेका थिए। कार्यक्रमको अन्त्यमा प्रिन्सिपल गोबिन्द पगेनीले विद्यालयमा पढाईमा विशेष ध्यान दिनुका साथै विभिन्न अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरुलाई निरन्तर सहभागी गराएको बताए।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
