ढोरेली समाज काठमाडौँमा नयाँ कार्यसमिति चयन : अध्यक्षमा कार्की, महासचिवमा अर्याल

काठमाडौँ । ढोरेली सेवा समाज काठमाडौँको १५ औँ साधारण सभा सम्पन्न भएको छ । आज शनिबार तनहुँको शुक्लागण्डकीको ढोरफिर्दी क्षेत्रबाट काठमाडौँमा आइ बसोवास गरिरहेका ढोरेलीहरुको साझा संस्था ढोरेली सेवा समाज काठमाडौँको १५ औँ साधारणसभा सम्पन्न गरेको हो ।

संस्थका अध्यक्ष मधु सुदन सिग्देलको सभापतित्व तथा पूर्वमन्त्री, तनहुँ क्षेत्र नम्बर २ का सांसद्शं कर भण्डारीको प्रमूख आतिथ्यतामा आयोजित साधारण सभाले शिव कुमारी महत कार्कीको अध्यक्षतामा सातौँ कार्यसमिति पनि चयन गरेको छ । कार्यक्रममा संविधानसभा सदस्य रामचन्द्र पोखरेल, प्रदेशसभा सदस्य श्यामराजा महत लगायतको आतिथ्यता रहेको थियो ।

Advertisement

समितिको उपाध्यक्षमा चेत बहादुर रानाभाट (राजु), महासचिमा धर्म दत्त अर्याल, सचिव लोकेन्द्र थापा, कोषाध्यक्षमा इश्वरी बस्नेत थापा रहेका छन् । सदस्यहरुमा मधु माया राना थापा, निरज रेग्मी, ऋषि राम भन्डारी, रामचन्द्र महत, ओम प्रकाश गुरुङ्ग, पार्वती महत, शुशीला कार्की अधिकारी, जमुना सिग्देल गौतम, टिका बहादुर अधिकारी, राधिका अर्याल भट्टराई रहेका छन् ।

More News last news
Loading...