चन्द्रागिरिमा घरको छतबाट खसेर कामदारको मृत्यु

काठमाडौँ। निर्माणाधीन घरको छतबाट खसेर काठमाडौँको चन्द्रागिरिमा एक जना कामदारको मृत्यु भएको छ।चन्द्रागिरि नगरपालिका–१५ स्थित निर्माणाधीन घरको रङ लगाउने क्रममा अचानक खसेर एक जनाको मृत्यु भएको हो ।

चन्द्रागिरि– १५ का धर्म दत्तको निर्माणाधीन घरमा रङ लगाउने क्रममा दोस्रो तलाको छतबाट खसेर नुवाकोट पञ्चकन्या गाउँपालिका–१ घर भई काठमाडौँ जरङ्खु डेरा गरी बस्ने ४१ वर्षीय अर्ण बहादुर थापा मगर घाइते भएका थिए ।

Advertisement

छतबाट खस्न साथ तत्कालै उपचारका लागि कंलकीस्थित सहिद अस्पतालमा पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।मृतक थापा मगरको शव पोष्टमाटमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज  पठाइएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

More News last news
Loading...