इलाम-२ मा पहिलो पटक एमालेका सुहाङको अग्रता

इलाम l इलाम क्षेत्र नम्बर २ मा मतगणना जारी छ। अहिलेसम्म फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २, ३ र ४ को मतगणना सकिएको छ। नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले पहिलो पटक अग्रता लिएका छन्। नेम्वाङले २५४२ मत ल्याएका छन्।

यसअघिसम्म नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले अग्रता लिएका थिए। अहिले एमाले उम्मेदवार नेम्वाङलाई कांग्रेस उम्मेदवार खड्काले पछ्याइरहेका छन्। खड्काले २१९७ मत ल्याएका छन्। यहाँ एमालेका नेम्वाङ कांग्रेसका खड्काभन्दा ३४५ मतान्तरले अघि छन्।

Advertisement

स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बूले ५९३ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले ३७९ मत ल्याएका छन्। निर्वाचन आयोगका अनुसार अहिलेसम्म सदर मत ५८०७ छ। इलाम २ मा शनिबार उपनिर्वाचन भएको थियो।

More News last news
Loading...