रोज राणा फिल्म क्षेत्रबाट बने पहिलो मन्त्री

काठमाडौं । निर्माता, निर्देशक तथा अभिनेता रोज राणा (सरोज थापा) लुम्बिनी प्रदेशको उद्योग वाणिज्य, श्रम तथा यातायातमन्त्री भएका छन्।

नेपाली कांग्रेसको तर्फबाट सो जिम्मेवारी पाएका उनले आइतबार बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा शपथ लिई पदभारसमेत ग्रहण गरेका छन्।

Advertisement

यससँगै उनी फिल्म क्षेत्रबाट मन्त्री बन्ने पहिलो कलाकर्मी र फिल्मकर्मी भएका छन्। उनी प्युठानबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। नेपाल चलचित्र निर्माता संघको पूर्व महासचिव समेत रहेका राणा दुई दशकदेखि फिल्म क्षेत्रमा सक्रिय छन्।

More News last news
Loading...