राष्ट्रियसभामा एमालेलाई झड्का, निर्वाचनपछि चौथो दल बन्ने

काठमाडौँ । माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन सत्ता गठबन्धनले सोचेअनुरुप भए राष्ट्रिय सभामा एमाले निक्कै कमजोर बन्नेछ। संवैधानिक अवधारणा बिपरित, दलीय शक्ती प्रदर्शनको थलो बन्ने गरेको माथिल्लो सदनमा सत्ता गठबन्धनको हलिमूहाली हुनेछ। राष्ट्रियसभाको निर्वाचनमा सत्ता गठबन्धन दलहरुले अपेक्षीत नतिजा प्राप्त गरे सभामा दलीय आकारमा व्यापक फेरबदल हुनेछ।

राष्ट्रियसभाका २० जना सदस्यहरुको पदावधि सकिदैछ। सरकारले १९ सिटका लागि माघ ११ मा निर्वाचन गर्ने मिति तोकेको छ । अहिले राष्ट्रियसभामा नेकपा एमालेका १६, नेकपा माओवादी केन्द्रका १४, नेपाली कांग्रेसका १०, एकिकृत समाजवादीका ८, जनता समाजवादी पार्टीका ३ जना सांसद छन्।

Advertisement

सत्ता गठबन्धनको सुविधाजनक मतभार हेर्दा एमाले कोटाबाट खाली हुने १९ सीट सबै गठबन्धनको खातामा जानेछ। सत्ता गठबन्धनको भागबण्डाको खाका अनुसार नेपाली कांग्रेसले ९, नेकपा माओवादी केन्द्रले ६, एकिकृत समाजवादीले ४ र जसपाले १ सीट पाउने देखिन्छ। यदि त्यसो भएमा माघ ११ गतेको निर्वाचनपछि राष्ट्रिय सभामा माओवादी पहिलो, कांग्रेस दोस्रो र एकिकृत समाजवादी तेस्रो दल बन्नेछ।

राष्ट्रिय सभामा आफ्नो आकार बढाउनमात्र होइन, सभाको नेतृत्वमा दावी गर्नसमेत सत्तारुढ दलहरु प्रतिस्पर्धामा छन्। कांग्रेस र माओवादीले अध्यक्षमा दावी गरिरहँदा एकिकृत समाजवादीले समेत आफ्नो दावी प्रस्तुत गर्न चाहेको छ।

More News last news
Loading...