सामान्य कलाकारदेखि ‘मेरी बास्सै’को लेखन/निर्देशनसम्म एकछत्र राज गरेका ‘सापटी काका’ [प्रोफाइल]

काठमाडौँ । स्वर्गिय तुलसीप्रसाद भण्डारी र माता रोकी भण्डारीको पाँचौ सन्तान तथा (तीन आमाका जोड्दा ११औँ सन्तान) को रुपमा अन्नपूर्ण गाउँपालिका वडा नम्बर २ (साविक ढिकुरपोखरी गाविस ४) मा जन्मिएका दिवाकर भण्डारी विभिन्न हण्डर ठक्कर खाँदै हाल नेपाली कलाकारिता क्षेत्रमा लोकप्रिय बनेका छन् । उनलाई न्वारनमा राखेको नाम भन्दा कलाकारितामा राखेको नाम सापटी काकाले दर्शकमाझ लोकप्रिय बनाएको छ । आफ्नी आमाका सात मध्ये पाँचौ सन्तान उनका हाल श्रीमती र दुई सन्तान (छोरा–छोरी) छन् । उनले पछिल्लो समय लोकप्रिय हाँस्य शृखला ‘मेरी बास्सै’को लेखन निर्देशन गर्दै आएका छन् । नेपाली कांग्रेसका संस्थापक नेता विश्वशेर प्रसाद कोइरला (विपी) र सादा जीवन उच्च विचारलाई मार्गदर्शन मान्ने भण्डारीको जीवन र संर्घष प्रस्तुत गरेका छौँ ।

धुन टेलिशृखलाबाट पर्दाको कलाकारिता

Advertisement

भण्डारीले विसं २०५२ सालमा मनि श्रेष्ठको निर्देशनमा बनेको टेलिशृखलाबाट औपचारिक कलाकारितामा पाइला चालेका थिए । सामान्यतया स्कुले जीवनबाटै कथा, नाटकहरुमा अभिनय गरेर सानो स्टेज चढेका भण्डारीलाई धुन टेलिशृखलाले पर्दाको कलाकारितामा स्पेस दिएको थियो । तर आफैँले पहिलो पटक गरेको अभिनय आफैले पर्दामा हेर्न नपाएको भण्डारी बताउँछन् । नेपाल टेलिभिजनमा आउने टेलिशृखला र त्यसमा पनि आफैँले खेलेको हो । तर घरमा टिभी थिएन । अरुको घरमा जाँदा कहिले टिभी बन्द गरिदिने त कहिले गाली गर्ने । त्यहि कारण आफ्नो अभिनय अरुले हेरेर तेरो अभिनय हेरियो भने आफैँले देख्न पाइन भण्डारी भन्छन् ।

साउदीमा गाडी धुने देखि सेल्समेनसम्म

ग्रामिण भेगको मध्ययम परिवारमा जन्मिएका भण्डारीलाई सानै उमेरदेखि आर्थिक व्यभारले थिच्यो । उनी २०५२ सालदेखि आक्कल झुक्कल कलाकारितालाई अल्पविराम लगाएर रोजगारीको शिलशिलामा साउदी अरब गए । तलब भत्ता चित्त बुझ्दो नै भएपनि सुरुमा भने उनले गाडी धुने र पुस्ने काम गरे । कहिल्यै पनि काम ठुलो र सानो नठान्ने भण्डारीलाई यो कामले भने जिन्दगीमा धेरै कुरा सिकायो । विस्तारै गाडी चलाउन र ठाउँ चिन्ने भएपछि सेल्सम्यानको पदमा काम गरेका भण्डारी अन्ततः ८ वर्षको वैदेशिक यात्रालाई पूर्ण विराम लगाएर जन्मभूमि फर्किए।

कलाकारितामा धेरै अगाडी प्रवेश गरेपनि कलाकारिताको टर्निङ प्वाइन्टको हिसाबले राजु पौडेल उर्फ राजु मास्टरलाई गुरु मान्छन् भण्डारी । ५०० औँ भागबाट मेरी बास्सैमा जोडिएका भण्डारीले केदार घिमिरे, सिताराम कट्टेल, राजु मास्टर र बल्छी ध्रुवे जस्ता कलाकारिताका हस्तीहरु जन्माएको र उनीहरुको विरासत बोकेको शृखला पछिल्लो समय आफ्नै एकल लेखन निर्देशनमा दौडाइरहेका छन् ।

अपिल त्रिपाठीदेखि राजु मास्टसम्म सहकार्य

विदेशी भूमिमा गएर भनेजस्तो पैसा कमाउँदा पनि भण्डारीमा कलाकारिताको भूतले छाड्ला भन्दा झन् पछ्याउँदै गयो । त्यसपछि भडारीले साथीहरुको पार्टनरसिपमा खिचडी नामक शृखला पनि निर्माण गरेका थिए । जसको निर्देशन चर्चित पत्रकार अपिल त्रिपाठीले गर्दथे । अरु साथीहरुमा फाटो आउन थालेपछि भण्डारीले राजु पौडेल उर्फ राजु मास्टरसँगको सहकार्यमा ल खत्तम निर्माण गरेका थिए भने आफ्नै लेखन निर्देशनमा माफ पाउँ पनि निर्माण गरे । तिनको पनि आयु त्यति लामो हुन सकेन । केहि समय एके फोर्टी सेभेनमा अभिनय गरे । चलचित्रहरुमा चिनो, राज, कन्यादान, नाई नभन्नुल ल २, नबोलेनी हाँसिदेउ एकफेर, किट्न्याभ, टु आवर इन अफ माइ लाइफ, मेरी मुमा लगायतमा अभिनय गरिसकेका छन् ।

मेरी बास्सैमा कलाकारदेखि लेखन निर्देशनसम्म

कलाकारितामा धेरै अगाडी प्रवेश गरेपनि कलाकारिताको टर्निङ प्वाइन्टको हिसाबले राजु पौडेल उर्फ राजु मास्टरलाई गुरु मान्छन् भण्डारी । ५०० औँ भागबाट मेरी बास्सैमा जोडिएका भण्डारीले केदार घिमिरे, सिताराम कट्टेल, राजु मास्टर र बल्छी ध्रुवे जस्ता कलाकारिताका हस्तीहरु जन्माएको र उनीहरुको विरासत बोकेको शृखला पछिल्लो समय आफ्नै एकल लेखन निर्देशनमा दौडाइरहेका छन् ।

दुध चिया खुवाउने पैसा नहुँदा हिजो आजका कुरा खेल्न पाइन

२०५५/५६ सालमा सन्तोष पन्तको हिजो आजका कुरा व्यापक लोकप्रिय थियो । उनको घरमा बेलुकैबाट पर्दामा देखिन चाहनेहरुको लाइन हुने रहेछ । म पनि त्यहि लाइनमा ४ पटकसम्म बसेँ तर मेरो पालो भने कहिल्यै पनि आएन । भण्डारीका अनुसार खासमा सन्तोष पन्तको सहयोगीलाइ बाहिर लगेर दुध चिया सम्म खुवाउन सके यस्सो एउटा दुइटा डाइलग मिलाइदिने रहेछन् । ‘आफुँ पोखराबाट आएको होटलमा बस्ने त पैसा नभएर सडकमा बसेका कयौँ रात याद छन् त्यसलाई दुध चिया कसरी खुवाउने ? त्याहाँ चान्स पाउने कुरै भएन ।’

'हिजो आजका कुरा' मा खेल्ने भुतले पनि पिछा गर्न छाडेन । ल्याएको पैसा सकियो बिहान सन्तोष पन्तको घरमा लाइनमा बस्न जाउँला भनेर भण्डारी रातको समयमा काठमाडौँका सडक पेटीमा राखिएको हिमपाइपमा एक रात बिताएको बताउँछन् ।

सडकको हिम पाइपमै बास

घरबाट जोहो गरेर ल्याएको थोरै पैसाले असिमित चाहनालाई पुरा गर्ने कुरै भएन । हिजो आजका कुरामा खेल्ने भुतले पनि पिछा गर्न छाडेन । ल्याएको पैसा सकियो बिहान सन्तोष पन्तको घरमा लाइनमा बस्न जाउँला भनेर भण्डारी रातको समयमा काठमाडौँका सडक पेटीमा राखिएको हिमपाइपमा एक रात बिताएको बताउँछन् ।

८ वटा गीत प्रकाशन

सानैबाट साँगीतिक चहलपहलमा हुर्किएका भडारीलाई स्कुले शिक्षा सकिएपछि भने अब गीत संगीतको क्षेत्रमा लागेर नाम र दाम कमाउने हुटफुटी भयो । २०५६ सालमा अब गीतको एल्बम निकाल्छु र समाजमा केही गरेर देखाउँछु भनेका भण्डारीलाई नियतीले खाडी मुलुक पुर्यायो । तर उनको त्यो लत भने झन् बढायो । फल स्वरुप उनले साउदीमा रहुन्जेल पनि तीनवटा गीतहरु बजारमा ल्याए । भण्गारीका हालसम्म एउटै मिल्यो हजारौँ हजारमा, दाइ त हङकङको, स्वामी राजैले, जुवाडे, माइतीको भाइलाई रहेका छन् । यसैगरी, भण्डारीले चलचित्र मेरी गंगामा फुल बनी फुली रहे, फुल झैँ मुस्कुराउनु लेखेका छन् ।

म लेखक/निर्देशक भन्दा पनि पूर्ण कलाकार हो

मेरो बास्सैमा इन्ट्री गर्दाखेरी राम्रो कलाकार बन्छु भनेर आएका भण्डारी अहिले मेरी बास्सैको अविभावक नै बनेका छन् । सामान्य कलाकार भएर छिरेका भण्डारीले हाल मेरी बास्सैको लेखन निर्देशन सम्हाल्दै आएका छन् । म खासमा पूर्ण कलाकार हो । लेखन दिर्नेशन मेरो रहर उद्देश्य केही पनि होइन । यो बाध्यताले आएको अवसर हो । आएको अवसर भरपुर सदुपयोग गरेर आफुँमा भएको क्षमतालाई पनि तिखारौँ भन्ने हो । मलाई मात्रै कलाकार र लेखक निर्देशक हुँदा कुनै फरक पर्दैन र सोच्दिन पनि ।

More News last news
Loading...