महाराजगञ्जमा खुल्यो जुम ब्युटीको नयाँ शाखा, केकी, रिमा, अन्जु र सलोनले गरे उद्घाटन

काठमाडौँ । लामो समयदेखि ब्युटीसियन क्षेत्रमा सक्रिय संस्था जुम ब्यूटी एकेडेमीको नयाँ शाखा महाराजगञ्ज (चक्रपथ) मा सञ्चालनमा आएको छ । शनिबार (हिजो) एकेडेमीको ११औँ शाखा विधिवत रुपमा सञ्चालनमा आएको हो । जुमकी ‘ब्रान्ड एम्बेस्टर’समेत रहेकी लोकप्रिय अभिनेत्री केकी अधिकारी, रिमा विश्वकर्मा, गायिका अन्जु पन्त र नायक सलोन बस्नेतले संयुक्त रुपमा रिबन काटेर शाखाको भव्य उद्घाटन गरेका हुन् ।

कार्यक्रममा एकेडेमीका संस्थापकद्वय सौन्दर्यबिद् जुनु चक्रधर र कृषप तनावासुले अतिथि कलाकारहरुलाई स्वागत गरेका थिए । कलाकारहरुले एकेडेमीले आफूँहरुसँग हातेमालो गर्दै यति भव्य कार्यक्रम गरेर शाखा उद्घाटन गरेको प्रति खूशी व्यक्त गर्दै आगामी दिनमा अझै उन्नती प्रगतीको शुभाकामना दिएका छन् । गायिका पन्तले आफ्ना कर्णप्रिय गीत गायर कार्यक्रममा उपस्थितहरुलाई मंत्रमुग्ध पारेकी थिइन् ।

Advertisement

एकेडेमीकी संस्थापक जुनु चक्रधरले महिला सशक्तीकरणका लागि शाखाको ‘ग्राण्ड ओपनिङ’ गरिएको बताएकी छन् । “नेपालमा दिन प्रतिदिन बेरोजगारीको संख्या बढ्दो छ। अधिकांश महिलाहरू घर चलाउनका लागि विदेशिन बाध्य भएका छन्, सोही समस्यालाई मध्यनजर गर्दै जुमले महिला सशक्तिकरणका लागि विभिन्न कोर्शहरू भित्र्याएको छ”, चक्रधरले भनिन् ।

ललितपुरको कुपनडोलमा प्रधान कार्यालय रहेको जुम ब्युटी एकेडेमीका यसअघि कलंकी, स्वयम्भू, बौद्ध चुच्चेपाटी, तीनकुने, भक्तपुर, बनेपा, ग्वार्खो, गोंगबु, बालाजु र तीनकुनेमा शाखाहरु सञ्चालित छन्। अब छिट्टै भक्त्तपुरको कौशलटारमा १२ औं शाखा सञ्चालनको तयारीमा छ ।

३० देखि ५० प्रतिशत छुट

यसैगरी जुमले महाराजगञ्ज शाखाको उद्घाटनका अवसरमा ३० देखि ५० प्रतिशतसम्मको छुट दिएको छ । शनिबार एकेडेमीमा भर्ना हुन आउने विद्यार्थीहरूका लागि २५ देखि ५० प्रतिशत र सेवा लिन आउने ग्राहकहरूले ३० प्रतिशतसम्मको छुट पाएका छन् ।

More News last news
Loading...