दश महिनाअघि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा उपनिर्वाचनमा तीनमध्ये दुई क्षेत्रमा जित हासिल गरेर ठूला राजनीतिक दलहरूलाई स्तब्ध बनाइदिएको छ।
भातृ सङ्गठन र कार्यकर्ता दुवै नभएको पार्टीले करिब आधा दर्जन दलहरूको समर्थनमा अघि सारिएका उम्मेदवारहरूलाई धेरै पछि पारिदियो।
गत मङ्सिरको प्रतिनिधिसभा निर्वाचनमा २० सीट जितेको उक्त दलका अब प्रतिनिधिसभामा २१ जना सांसद हुने छन्। यो दलले उपनिर्वाचन भएका सबै क्षेत्रमा अघिल्लो चुनावभन्दा आफ्नो मत पनि बढाएको छ।
असारमा पार्टी घोषणा गरेका रास्वपा सभापति रवि लामिछाने छ महिनाको अन्तरालमा दुई पटक सांसद निर्वाचित भए। निर्वाचित भएको दुई महिनामै नेपाली नागरिकता मुद्दामा सांसद र उपप्रधानमन्त्री पद गुमाएका उनले वैशाख १० गतेको उपनिर्वाचनमा अघिल्लो पटकको भन्दा झन्डै ५,००० बढी मत ल्याए।
समानुपातिक सांसद बनेका र एक व्यापारीसँग ठूलो रकम ‘घुस’ मागेको अडिओ बाहिरिएपछि विवादित बनेका ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले दलबाट निष्काशित गरेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
