ज्योतिषिका अनुसार यो साता तपाईका लागि कस्तो छ ? शुभ-अशुभ, मायाप्रेम, ग्रहगोचर ? पढ्नुहोस २०७९ साल चैत्र १८ देखी २४ गतेसम्मको साप्ताहिक राशिफल ।
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता गरेको काममा ढिलासुस्ती हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । चुनौतीको सामना गरि गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला । साताको मध्यबाट छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो कुलदेवताको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो सातामा रमणीय र सुखद् व्यावसायिक यात्राको योग छ । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । रोकिएको धन हात पर्ला । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग गुलाबी वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि निमुखा प्राणीहरूको सेवा गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता घर परिवारमा नयाँ सदस्य थपिन सक्ने सम्भावना छ । विभिन्न कार्यक्रममा नेतृत्वदायक भूमिका निर्वाह गर्न पाइनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । मध्य सातामा कार्यक्षेत्रमा अरुले गरेका भनेका कुरा चित्त नबुझ्न सक्छ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग खैरो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो हप्ता परिवारजनको साथले नयाँ आशा पलाउनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । राजनैतिक तथा समाजसेवामा मन लाग्नेछ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् । व्यापारमा विशेष सफलता हात लाग्नेछ । यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । साताको अन्त्यमा कर्तव्य बोध हुने र आस्था बढ्नेछ । सामाजिक र राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग रातो वा सुन्तलारङको हो । कुनै शुभकर्म गर्नु अघि शिवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो सातामा शुभकार्यको चर्चा चल्ने र नयाँ काम सुरु गर्ने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । बन्दव्यापारमा प्रगतिको वातावरण बन्नेछ । धार्मिक यात्रा गर्दा ध्यान दिनुहोला समान हराउने वा दुख पाइन सक्छ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग सुन्तला वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो सातामा मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्नेछ । मध्य सातामा घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग गुलाबी वा निलो हो । कुनै शुभकर्म गर्नु अघि निमुखा प्राणीहरूको सेवा गरि कार्य आरम्भ गर्नाले सफलता मिल्नेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो सातामा पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । रोकिएका अधुरा काम पुनः सुरु हुन सक्छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । पदोन्नतिको सम्भावना प्रवल छ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग हरियो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व जानु अघि शिव भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । मान्यजनको सुझाव अप्रिय लाग्नेछ । अनावश्यक यात्रा एवं विविध झमेलामा झेलिनु पर्नेछ । मध्य सातामा एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । शेयर बजारको लगानीले पनि लाभ नै मिल्नेछ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग सेतो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व पितृ देवताको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता आफ्नो हातबाट शुभ कार्य गर्न पनि पाइनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय पनि छ । साताको अन्त्यमा महत्त्वपूर्ण अवसर गुम्न सक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । यो साताका लागि शुभ अङ्क १,३ र शुभ रङ्ग गुलाबी वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व पितृ देवताको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो साता मनखुसी र प्रसन्न रहनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ । साताको मध्यमा दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क पनि लाग्नसक्छ । यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट सफलता मिल्नेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो साता आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । घरमा अतिथिको आगमन हुनेछ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता मिल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । भौतिक साधन जुटाउने समय छ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।
ज्यो.प. नारायणप्रसाद दुलाल
977-9849559502
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
