जाँड खाएर मान्छे कुटेको आरोपमा कलाकार ‘म्याकुरी’ पक्राउ

मोरङ । कलाकार पवन खतिवडा ‘म्याकुरी’ लाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ। बेलबारी ४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोपमा इप्रका बेलबारीले कलाकार खतिवडा र रमेश भण्डारीलाई नियन्त्रणमा लिएको हो।

उनीहरूलाई प्रहरीले मङ्गलवार राती नियन्त्रणमा लिएको हो। कलाकार खतिवडासहित २ जनालाई मादक पदार्थ पिएर झगडा गरेको आरोप छ। मङ्गलवार राति बेलबारी नगरपालिका १ स्थित होटेलमा मादक पदार्थ पिएका खतिवडाले मादक पदार्थले मातेर झगडा गरेका थिए।

Advertisement

होटेलबाट बाहिर निस्किएर झगडा गरिरहेको खबर स्थानीयले प्रहरीलाई गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टिकाबहादुर कार्कीले बताए। पीडित पक्षले इलाकामा आएर अहिलेसम्म जाहेरी भने दिएको छैन।

‘छलफलको लागि दुवै पक्ष आउने भनेका छन्,’ उनले भने, ‘पीडितले जाहेरी दिए प्रहरीले कारबाहीको प्रक्रिया अगाडि बढाउनेछ।’ पीडित पक्षका आफन्तहरू प्रहरी कार्यालय आउँदै गरेको र मिलापत्र भएको अवस्थामा मात्रै उनलाई छाडिने कार्कीले बताए।

More News last news
Loading...