उपराष्ट्रपति दाबी गरेर संसद छिर्ने दाउमा उपेन्द्र यादव

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने बताएपछि गठबन्धनमा रहेका दलहरु शसंकित बनेका छन् । दाहाललाई संसदको दोस्रो ठूलो दल नेकपा एमालेसहित ७ दलीय गठबन्धनले प्रधमामन्त्री बनाउन समर्थन गरेको हाे।

दाहालले पुष १० गते प्रधानमन्त्री नियुक्त ११ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको थियो । अहिले माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र सीके राउत नेतृत्वको जनमत पार्टी सरकारमा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा), र नागरिक उन्मुक्ति पार्टी सरकारमा गएका छैनन् । तर समर्थन भने गरेका छन् ।

Advertisement

गठबन्धनमा रहेका तर सरकारमा नगएका दलहरुले भागवण्डामा बखेडा झिकेको खण्डमा आफूले विश्वासको मत नपाउने होकि भन्ने शंका दाहालमा रहेकाले नै विश्वासको मत पाएपछि मात्रै दाहालले मन्त्रिपरिषद विस्तार गर्न खोज्नु भएको एक माओवादी नेताले बताए।

अहिले नै मन्त्रिपरिषद विस्तार गर्दा एमाले र माओवादी बाहेक अरु पार्टीका सांसदले मन्त्री बन्न नपाउँदा विश्वासको मत नदिने हुनकि भन्ने डर प्रधानमन्त्री दाहालमा छ। तसर्थ विश्वासको मत लिएपछि दुइ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने हुनाले दाहालले विश्वासको मत पहिला लिन खोज्नु भएको र त्यसपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्न लाग्नु भएको हो।

प्रधानमन्त्रीमा दाहाललाई समर्थन गरेको जसपाले आफ्नो पार्टीलाई उपराष्ट्रपति र उपप्रधानमन्त्रीसहित ३ वटा मन्त्रालयको माग गरेकाे छ। तर अहिलेसम्म यसबारे गठबन्धनमा छलफल भने भएको छैन । तर जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उपराष्ट्रति पाउनु पर्ने कुरा राखिसक्नु भएको छ।

More News last news
Loading...