काठमाडौँ । कमल थापा नेतृत्वको राप्रपा नेपाल कमजोर अवस्थामा देखिएको छ। राप्रपाबाट बाहिरिएर नयाँ पार्टी बनाएका कमल थापा आम निर्वाचनमा कमजोर रुपमा देखिएका हुन्।
प्रदेश तथा प्रतिनिधिसभामा एक सिट पनि जित्न नसकेको सो पार्टीको समानुपातिकतर्फ पनि १२ हजार मतमात्रै आएको हो।
निर्वाचन आयोगका अनुसार आइतबार बिहानसम्मको मतगणनामा कमल थापाको तीर चुनाव चिह्नले १२ हजार २७० मत पाएको हो।
थापाले मकवानपुरबाट एमालेको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेपनि हारेका थिए। आफ्नो चुनावी अभियानमा मात्रै थापा केन्द्रित हुँदा पार्टीको प्रचारमा भने सहभागी थिएनन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
