बर्दिया । बर्दिया क्षेत्र नम्बर १ प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार संजय कुमार गौतम निर्वाचित भएका छन् ।
उनले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार लक्ष्मणराज ज्ञवालीलाई ४ हजार ४५६ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।
गौतमले ३० हजार ६११ मत पाउँदा उनका प्रतिस्पर्धी ज्ञवालीले २६ हजार १५५ मत मात्र ल्याए । यस्तै, नागरिक उन्मुक्ति पार्टीका ठाकुर सिंह थारूले २३ हजार ९९३ मत ल्याए भने राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवेश भुसालले ११ हजार ४मत ल्याए ।
यस्तै, जनमत पार्टीका उम्मेदवार सोहराव पठानले २ हजार ३५५ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर सिंहले २ हजार २६६ मत र जनता समाजवादी पार्टीका रेशम बहादुर खत्रीले १ हजार मत मात्र पाए ।
निर्वाचित गौतम अघिल्लो संसदीय निर्वाचनमा बाम गठबन्धका भेट्रान उमेद्वार बामदेव गौतमलाई पराजित गरेर चर्चामा आएका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
