काठमाडाैं | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले रौतहट–१ बाट चुनाव जितेका छन्। उनले नेकपा एमालेका अजयकुमार गुप्तालाई पराजित गरेर चुनाव जितेका हुन् ।
उनले ६ हजार ६०० मतको अन्तरले चुनाव जितेका हुन् । नेपालले ३३ हजार ५२२ मत पाएका छन् भने एमाले नेता गुप्ताले २६ हजार ९२२ मत पाएका छन् ।
माधव नेपालको जितसँगै एकीकृत समाजवादीका ७ जना उम्मेदवारले चुनाव जितेका छन् । यसअघिको चुनावमा काठमाडौं–२ बाट चुनाव जितेका माधव नेपाल यस पटक रौतहट–१ पुगेर उम्मेदवारी दिएका हुन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
