बाजुरामा गोली चल्दा एकजनाको ज्यान गएको छ। जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ स्थित मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोलीले एकजनाको ज्यान गएको हो।
सोही ठाउँका सुरेन्द्र ऐडीको गोली लागेर मृत्यु भएको त्यहाँका वडाध्यक्ष जुद्धबहादुर ऐडीले पुष्टि गरे। उनले भने, ‘सुरेन्द्र बितिसक्यो, अरू स्थानीय घाइते छन्। यहाँ अवस्था त्रासपूर्ण छ। कोलाहल र रुवाबासी चलेको छ। स्थानीयले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन्।’
यस्तै उनका अनुसार गोली चलेपछि तीन जना घाइते भएका छन्। घाइते हुनेमा प्रहरी हवल्दार कृष्ण कुँवर, पर्शुराम पाध्याया (स्थानीय) र खडक अएडी (स्थानीय) रहेका छन्। घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर बाजुरा गएको छ। मतदान सकिने बेला विवाद भएपछि प्रहरीले गोली चलाएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
