काठमाडौं l यहाँका १० निर्वाचन क्षेत्रको मतगणना पनि फरक फरक स्थानमा हुने भएको छ। काठमाडौं जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईका अनुसार काठमाडौं क्षेत्र नम्बर १ को मतगणना बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा, क्षेत्र नम्बर २ को कागेश्वरी मनोहरास्थित राधाकृष्ण मन्दिरमा, क्षेत्र नम्बर ३ को गोकर्णेश्वर नगरपालिका जोरपाटीस्थित चामुण्डा विद्यालयमा, क्षेत्र नम्बर ४ बुढानिलकण्ठ
चपलीस्थित ज्येष्ठ नागरिक भवनमा, क्षेत्र नम्बर ५ को टोखास्थित समाज भवनमा, क्षेत्र नम्बर ६ को तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा, क्षेत्र नम्बर ७ को बालाजुस्थित जुडो हलमा त्यसैगरी क्षेत्र नम्बर ८ को स्वयम्भूस्थित गीतामाता विद्यालयमा, क्षेत्र नम्बर ९ को रविभवनस्थित न्यासन कलेजमा र क्षेत्र नम्बर १० को मतगणना कीर्तिपुरस्थित त्रिवि स्मृति भवनामा हुनेछ।
आज पाँच बजेपछि मतदान सकिनेछ। त्यसपछि मतपेटिका जम्मा गरेर आजै रातिबाट मतगणना हुने निर्वाचन आयोगले जानकारी दिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
