निर्धक्क भई मतदान गर्नुस् : निर्वाचन आयोग

ललितपुर l निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले तोकिएको मतदान केन्द्रमा गएर निर्धक्क भई मतदान गर्न आग्रह गरेका छन्।

ललितपुरस्थित टिका विद्याश्रम माध्यामिक विद्यालयबाट मतदान गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पौड्यालले देश विकासको लागि सक्षम नेतृत्व चयन गर्ने अवसर नगुमाउन पनि आग्रह गरे।

Advertisement

‘आफूलाई तोकिएको मतदान केन्द्रमा गएर निर्धक्क भइ आफ्नो मतदान गर्न आग्रह गर्छु’, उनले भने, ‘आफ्नो अमूल्य मतबाट देशमा योग्य उम्मेदवारको छनोट गरी देशलाई सुख, समृद्धि दिलाउन भोट अमूल्य हुन्छ।’

 

More News last news
Loading...