काठमाडौं । आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनलाई लिएर देशभर माहोल फरक छ । राजनैतिक दलहरु आफ्ना एजेण्डासहित सामाजिक सञ्जाल देखि मिडियाहरुमा छरिएका छन् ।
स्वतन्त्रबाट उम्मेदवारी दिएकाहरु आफ्नो पोल्टामा भोट पार्नका लागी कम्मर कसेका छन् । जब निर्वाचनको समय आउँछ नेताहरुले बिभिन्न प्रलोभनमा पारेर आफुलाई भोट हाल्न लगाउछन् भन्ने जनतालाई स्पष्ट थाहा छ।
यसो भइरहदा पनि बिभिन्न ठाउँमा भोटकै लागी पैसा समेत खर्च गरेको खबर सुन्न पाइन्छ । यसपालीको निर्वाचनमा कुन पार्टीले कति सिट ल्याउला भन्नेमा जिज्ञासा भने आम जनतामा पक्कै छ ।
यसैबीच, नेपाली टेलिश्रृंखलाको क्षेत्रमा लामो इतिहास बोकेको हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’मा मंगलबार सार्वजनिक ७८१ औं भाग निर्वाचनमय बनाइएको छ ।
गाउँमा निर्वाचनको समयमा कुनै ज्ञान नभएका पनि कसरी नेता हुन्छन् र भोटका लागी कतिसम्म गर्छन् भन्ने नेपाली परिवेशलाई नै श्रृंखलामा देखाइएको छ । पछिल्लो समय ‘मेरी बास्सै’ कलाकार दिवाकर भण्डारीले निर्देशन गर्दै आएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
