मंसिर १ देखि त्रिविका सबै क्याम्पसहरु बिदा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी मंसिर ४ गते हुने निर्वाचनका कारण मंसिर १ देखि ५ गतेसम्म बिदा दिने भएको छ ।

त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले सूचना जारी गर्दै मंसिर १, २ र ५ गते बिदा हुने जनाएको छ ।

Advertisement

अधिकांश क्याम्पस र कार्यालयहरुमा निर्वाचनका लागि मतदान केन्द्र राखिएको र कर्मचारीहरु निर्वाचन कर्मचारीको रुपमा खटिएको कारण पठनपाठन तथा दैनिक काम कारबाहीमा असर पुग्ने भएकोले बिदा दिर्ने निर्णय गरेको जनाएको छ ।

बिदा दिने तोकिएको दिनहरुमा त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पस तथा कार्यलयहरुमा पनि बिदा हुनेछ ।

More News last news
Loading...