कांग्रेस उम्मेदवारलाई पार्टिले दियो चुनाव लड्न पैसा

काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेश सभा सदस्य पदका उमेद्धारलाई निर्वाचन लड्न पैसा दिएको छ।

काँग्रेसबाट आगामी निर्वाचनका लागी टिकट पाएका प्रतिनिधि सभातर्फ ९१ र प्रदेश सभातर्फ एक सय ७९ जना उमेद्धारले पैसा पाएका छन् ।

Advertisement

प्रतिनिधि सभा उम्मेदवारका लागि चार लाख र प्रदेश सभातर्फका उम्मेदवारका लागि दुई लाख रूपैयाँका दरले चुनावी खर्च दिइएको हो ।

कांग्रेसले विगतका चुनावमा पनि उम्मेदवारलाई खर्च दिने गर्दथ्यो।सोही अनुसार यसपटक पनि टिकट वितरण गर्दा नै उम्मेदवारलाई पैसा दिएको नेपाली काँग्रेसले जानकारी दिएको छ।

More News last news
Loading...