मतदाता परिचयपत्र छैन ? नआत्तिनुस् यी कागजात भएपनि पाइन्छ भोट हाल्न

काठमाडौं l मतदाता नामावलीमा नाम भएका मतदाताले परिचय खुल्ने कागजातको आधारमा मतदान गर्न पाउने भएका छन्।

निर्वाचन आयोगका अनुसार मतदाता नामावलीमा नाम भएका व्यक्तिले आफ्नो स्पष्ट पहिचान खुल्ने नागरिकता वा सवारी चालक अनुमतिपत्रका आधारमा मतदान गर्न पाउने छन्।

Advertisement

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा लालपुर्जा वा कुनै पनि सरकारी कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा मतदान गर्न पाउने जनाइएको छ।

आगामी मंसिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि निर्वाचन हुँदैछ।

More News last news
Loading...