विवकेशील साझा पार्टीका निवर्तमान प्रवक्ता हरिश भट्टले नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलका लागि मत मागेका छन्। उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत् नेता पौडेलका लागि मत मागेका हुन्।
कांग्रेस केन्द्रीय सदस्य पौडेल काठमाडौं–५ मा सत्ता गठबन्धनका तर्फबाट प्रतयक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्। यही क्षेत्रबाट नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई उम्मेदवार खडा गरेको छ।
विवकेशील साझाका निवर्तमान प्रवक्ता भट्टले एमाले उम्मेदवार पोखरेललाई भ्रष्टाचार र लुटतन्त्रको प्रतीकको रुपमा चित्रित गरेका छन्। उनले लुटतन्त्रका प्रतीक पोखरेलाई हराउन कांग्रेस उम्मेदवार पौडेललाई सबै लोकतन्त्र पक्षधर उम्मेदवारले सघाउन जरुरी रहेको पनि उल्लेख गरेका छन्।
‘लोकतन्त्र भर्सेज लुटतन्त्र। ईश्वर पोखरेल पछिल्लो ५ वर्षमा भ्रष्टाचार र लुटतन्त्रको प्रतीक हो। ७४ सालको चुनावमा उज्वल दाइ उठ्दा मैले क्षेत्र नं. ५ मा चुनावी अभियान गर्दा पोखरेलका कुकृत्य नजिकबाट देखेको थिएँ। पछि कम्युनिस्ट सरकारमा सबैले देखे,’ l
भट्टले लेखेका छन्, ‘यसपटक लुटतन्त्रका प्रतीक पोखरेलाई हराउने हो भने प्रदीप पौडेललाई सबै लोकतन्त्र पक्षधर उम्मेदवारले सघाउन जरुरी छ।’
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
