‘म्युजिकल नाइट तथा एकसेएकरनवे’ सम्पन्न, ११ जना मोडलले गरे फेसन शो

इटहरी  l शाहरा इन्टरटेन्मेन्ट धरानको आयोजनामा ‘म्युजिकल नाइट तथा एकसेएकरनवे’ सम्पन्न भएको छ । झापाको बिर्तामोड सनिस्चरेमा अवस्थित लंका रिसोर्टमा गएको भदौ ३१ गते शुक्रबार यो कार्यक्रम सम्पन्न भएको हो।

रनवेमा दिया दाहाल, अंकिता बरुवाल, सुस्मिता भुषाल, पुजा आचार्य, क्रिशिना खतिवडा, आकृति आचार्य, मनिषा थापा, बिञ्जु राजधामी, रुश्मा रोक्का, ऐश्वर्य दुतराज, रचना तामाङ्ग, रोशनी बजगाईले सेन्ट्रल फेसन हब बिर्तामोड र उर्लाबारीले तयार गरेको आकर्षक ड्रेस डिजाइनमा र्याम्प गरेका थिए।

Advertisement

इन्डियाज नेक्स्ट टप मोडलको कन्सेप्टमा नेपालमा पहिलोपटक आयोजना भएको ‘म्युजिकल नाइट तथा एकसेएकरनवे’ मा वेभ ब्याण्डले सांगीतिक प्रस्तुति दिएका थिए। ब्याण्डको प्रस्तुति संगै मोडलहरुले ४ सिक्वेन्समा हिडेका थिए।

एकसेएकरनवे’ फेसन शो थिम फोटोसुट क्याम्पिङमा आधारित शो रहेको हुनाले यसअघि ब्यवसायिक प्रायोजन, उत्पादन वा ब्यानरलाई पाँच फरक ऐतिहासिक, टुरिजम तथा आदिवासी स्थानमा लगायत विभिन्न थिममा रही ६ पटक फोटोसुट गरिएको थियो । बिर्तामोड, दमक र इटहरीमा गरिएको अडिसनमा ४५ जना सहभागी थिए।

जसबाट फाइनल शोको लागि ११ जना छानिएका थिए । सो ११ जना मोडलहरुलाई मिस टुरिजम नेपाल २०१५ कि बिजेता चन्द्रिका मोतेले कोरियोग्राफ गराएकी थिइन् । ‘एकसेएकरनवे’ को इन्भेन्ट कोअर्डिनेटरको रुपमा दीक्षा गिरि, रुष्मा रोक्का, दिनेश बिक र अफिसियल फोटोग्राफीको रुपमा परिकला फोटोग्राफी रहेको थियो भने कार्यक्रमको डिजाइन जिवन चिमोरियाले गरेका हुन् ।

कार्ल्सबर्ग टुबोर्ग बियरको प्रस्तुति रहेको कार्यक्रमलाई तृष्णा उपाध्याय रेग्मीले संचालन गरेकी थिइन्। डिभाइन वाइन, सिग्नेचर, वाइवाइ क्विक पिरो चाउचाउ, जोली आइसक्रिम, नवदुर्गा ट्रेडर्स, ब्ल्यागपिग इण्टरटेन्मेण्ट, शौर्य एइर्लाइन्स कार्यक्रमको सहयोगीको रुपमा रहेको थियो ।

More News last news
Loading...