जापान उडेको निगमको जहाजमा धुवाँ देखिएपछि आकाशबाटै काठमाडौँ फिर्ता

काठमाडौँ । जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमा धुवाँ देखिएपछि आधा घण्टामै काठमाडौँ फर्किएको छ।

१ सय ८४ यात्रु बोकेर नारिता उडेको जहाजमा कार्गो सामान राख्ने ठाउँमा धुवाँ देखिएको हो।

Advertisement

गएराति ११ बजे उडेको आरए ४३३ उडान नम्बरको जहाज आधा घण्टामै काठमाडौँ फर्केको र प्राविधिक जाँचपछि आज बिहान ९ बजे पुनः उडानको तयारी भइरहेको नेपाल एअरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिए।

More News last news
Loading...