कमल थापाको अध्यक्षतामा राप्रपा नेपालको संसदीय बोर्ड गठन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले अध्यक्ष कमल थापाको अध्यक्षतामा संसदीय बोर्ड गठन गरेको छ।

हिजो बसेको राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी अध्यक्ष थापाको नेतृत्वमा संसदीय बोर्ड गठन गरेको महामन्त्री केशव राज श्रेष्ठले नयाँपुस्तालाई बताए।

Advertisement

आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार चयन गर्न संसदीय बोर्ड गठन गरेको हो। राप्रपा नेपालमा संसदीय बोर्डले निर्वाचनमा उम्मेदवार चयन गर्ने व्यवस्था छ।

थापाको नेतृत्वमा गठित संसदीय बोर्डका सदस्यहरुमा उपाध्यक्षहरु राजीब पराजूली, जयकुमार खड्का, डा. बिष्णु भण्डारी, दिलनाथ गीरी, श्याम तिमल्सीना चयन भएका छन् ।

महामन्त्रीहरु सुशील श्रेष्ठ, भास्कर भद्रा, ईन्द्र चित्रकार, केशव राज श्रेष्ठ, राजाराम बर्तौला र सदस्य सचिब तेज कूरूवाङ, महिला सदस्यमा यवती कार्की र आमन्त्रीत सदस्यहरूमा प्रदेश प्रमुखहरू पनि बोर्ड सदस्य चयन भएका छन् ।

महामन्त्री श्रेष्ठका अनुसार, बोर्डको सिफारिसमा भाद्र मसान्तभित्र आगामी प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उमेदवारहरूको नामावली टुङ्गो लगाउने भएको छ ।

यसबाहेक राप्रपा नेपालले संगठन सुदृढिकरण, निर्वाचन तयारीको समिक्षा र निर्वाचन घोषणापत्र तयारीका लागि असोज १ र २ गते वीरगंजमा पार्टीको वृहत राष्ट्रिय भेला आयोजना गर्ने पनि जनाएको छ।

More News last news
Loading...