नेपाल समाजवादी पार्टी नवलपुरले गर्यो निर्वाचनका लागि उमेद्वार छनोट

नवलपुर । नेपाल समाजवादी पार्टी नवलपुरबाट मङ्सिर ४ गते हुने निर्वाचनको लागि उम्मेदवार छनोट गरेको छ। आज बसेको जिल्ला समितिको बैठकले उम्मेदवारको नामावली सार्वजनिक गरेको हो।

संघको लागि क्षेत्र नं १ बाट सरोज खरेल खरेल, प्रदेश सभा अन्तर्गत क्षेत्र नं १ “क” प्रेम न्योपाने, क्षेत्र नं १ “ख” कृष्ण प्रसाद गौतम त्यसैगरी संघको लागि क्षेत्र नम्बर २ बाट पिताम्बर महतो, प्रदेश सभा अन्तर्गत क्षेत्र नं २ “क” ओम महतो र क्षेत्र नं २ “ख” छबिलाल प्रधान चयन भएका छन् ।

Advertisement

समानुपातिक तर्फ प्रतिनिधि सभामा जगन्नाथ अर्याल, सीता थनेत र प्रदेश सभामा मोति रिजाल, तौ बहादुर गुरुङ, तिलिसरा सोति, शेर बहादुर बिक चयन गरिएको पार्टीका जिल्ला सचिव बुद्धी ढेंगा मगरले जानकारी दिए।

More News last news
Loading...