काठमाडौँ । तनहुँको शुक्लागण्डकी-१ घर भइ काठमाडौँको सामाखुशी बस्ने लक्ष्मी प्रसाद पौडेल (रञ्जित) शनिबार रातिदेखि बेपत्ता भएका छन्।
राति ९ बजेतिर काठमाडौँमा परिवारलाई तिमीहरु खाना खाएर बस म एकछिनमा घर आउँछु भनेका पौडेल ११ बजेपछि बेपत्ता भएका हुन्। प्रहरीका अनुसार, पौडेलको फोन डिटेल हेर्दा अन्तिम लोकेशन चितवनको दाशढुँगा पुल नजिक देखिएको छ।
लामो समयदेखि काठमाडौँमा होलशेल कस्मेटिक व्यवसाय गर्दै आएका पौडेल नेपाल कस्मेटिक व्यवसायी संघका संस्थापक अध्यक्ष समेत हुन्।
पौडेल बेपत्ता भएको सार्बजनिक भएसँगै उनलाई सामाजिक सञ्जाल मार्फत उद्योग वाणिज्य संघ, कस्मेटिक र अन्य व्यवसायमा आवद्ध व्यक्तिहरुले छिटो भन्दा छिटो खोजि गरिदिन सम्बन्धित निकाय समक्ष माग समेत गरेका छन् ।
यहाँहरु जो कसैले उहालाई भेट्नुभएमा सम्पर्क नम्बरहरु ९८५१०००४३१, ९८८०२२८२७३, ९८५१०७८५२४ वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिनुहुन अनुरोध गरिदिनुहुन परिवारले अनुरोध गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
