वरिष्ठ कला निर्देशक उद्धवराज भट्टराई ‘जुँगे’को निधन

काठमाडौँ । नेपाली फिल्म क्षेत्रका वरिष्ठ कला निर्देशक उद्धवराज भट्टराई ‘जुँगे’ को निधन भएको छ । भट्टराइको शनिबार बिहान चितवनमा निधन भएको नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले बताए ।

भट्टराईले फिल्म, म्युजिक भिडियो, छोटा फिल्म, टेलिफिल्म लगायत अनगिन्ती प्रोजेक्टमा कला निर्देशनको जिम्मेवारी निर्वाह गरेका ६६ वर्षीया भट्टराईको उपचारका लागि काठमाडौं आउँदै गर्दा गाडीभित्रै निधन भएको हो ।

Advertisement

करिब ५ दशक नेपाली फिल्म क्षेत्रमा बिताएका भट्टराई लामो समयदेखि बिमारी थिए । लामाका अनुसार, भट्टराईको शव आजै दिनको ३ बजे पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने र उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टीको पहल भइरहेको  छ।

More News last news
Loading...