मेची–काली स्वाभिमान यात्रामा निस्कँदै राप्रपा नेपाल, अन्य पार्टीसँग मर्जरको जिम्मा गिरीलाई

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले मेची–काली स्वाभिमान यात्रा गर्ने भएको छ। भदौ ३० गते झापाको काकडभिट्टाबाट सुरु हुने यात्रा महाकालीको वनवासा पुगी काठमाडौं आएर समापन हुने राप्रपा नेपालका महामन्त्री केशवराज श्रेष्ठले बताए ।

पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा बिहीबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।

Advertisement

महामन्त्री श्रेष्ठका अनुसार, राप्रपा नेपालले विभिन्न समान विचारधारा भएका राजनीतिक दल, समूह तथा व्यक्तिसँग आवश्यक परामर्श गर्ने जिम्मेवारी पार्टीका उपाध्यक्ष एवं राजनीतिक विभाग प्रमुख दिलनाथ गिरीलाई दिने निर्णय गरेको छ।

बैठकमा महामन्त्री सुशिल कुमार श्रेष्ठद्वारा राष्ट्रिय स्वाभिमान यात्रा तयारी, महामन्त्री भास्कर भद्राद्वारा प्रत्यक्ष र समानुपातिक उम्मेद्वारी, महामन्त्री केशवराज श्रेष्ठद्वारा सञ्चार, प्रवक्ता सुरेश आचार्यद्वारा प्रचारप्रसार र सहमहामन्त्री दमन बस्नेतद्वारा स्रोत परिचालन सम्बन्धी कार्य प्रगती विवरण प्रस्तुत भएको थियो।

More News last news
Loading...